वीरगञ्जः प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि नेपाल–भारत जिल्ला सुरक्षा समन्वय समितिको बैठक वीरगञ्जमा बसिरहेको छ।
बैठकमा आसन्न निर्वाचनलाई कसरी भयरहित र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरी सुरक्षा रणनीति बनाइने पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए।
बैठकमा पर्सा र बाराका सुरक्षा प्रमुख तथा भारत विहारको पूर्वी र पश्चिमी चम्पारणका डिएम तथा एसएसबी प्रमुख एवम वीरगञ्जस्थित महावाणिज्य दूतावासका अधिकारीको सहभागिता छ।