PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

युएस ओपन : फेडेररलाई हराए डेल पोर्टोले, सेमिफाइनलमा नाडालसँग भिड्ने



पहिलोपोस्ट

युएस ओपन : फेडेररलाई हराए डेल पोर्टोले, सेमिफाइनलमा नाडालसँग भिड्ने

वर्षको अन्तित ग्राण्ड्सला टेनिस युएस ओपनको सेमिफाइनलमा शीर्ष वरीयताका रापेल नाडाल र हुँवा मार्टिन डेल पोर्टो भिड्ने भएका छन्।

शीर्ष वरीयता प्राप्त नाडालले क्वाटरफाइद्दलमा १९ वर्षिय आन्द्रे रुभलेभलाई १ घण्टा ३७ मिनेटमै सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

एकपक्षिय खेलमा नाडाल ६-१, ६-२, ६-२ ले विजयी भए।

उता चार सेट सम्म चलेको खेलमा २४औँ वरीयताका अर्जेन्टिनी खेलाडी डेल पोर्टोले तेस्रो वरीयताका स्वीस स्टार फेडेररलाई हराए।

डल पोर्टोले फेडेररलाई ७-५, ३-६, ७-६, ६-४ ले हराउँदै नाडासँगको भेट पक्का गरे।

सेमिफाइनल पुगेका चार मध्ये नाडाल रडेल पोर्टोले मात्र यसअघि युएस ओपन जितेका छन्। सन् २००९ मा डेल पोर्टोले फेडेररलाई नै हराउँदै युएस ओपनको उपाधि जितेका थिए। त्यसो नै डेल पोर्टोले अहिलेसम्म जितेको पहिलो र एक मात्र ग्राण्ड्सलाम टेनिस उपाधि हो।

नाडालले भने पछिल्लो पटक २०१३ मा युएस ओपन जितेका थिए।

अर्को सेमिफाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरसन र स्पेनका पाब्लो कारेनो बस्टो भिड्नेछन्। दुवै खेलाडी पहिलो पटक ग्राण्ड्सलाम टेनिसमा सेमिफाइनल पुगेका हुन्। र जसले जितेपद्दि पहिलो पटक ग्राण्ड्सलामको फाइनल पुग्नेछन्।

यस्तै महिलातर्फ 'अल अमेरिकन' सेमिफाइनलमा भेनेस विलियम्स र स्लोएन स्टेफन्स तथा  कोको भान्डेवेगे र मडिसन केज बीच प्रतिस्पर्धा हुनेछ।

चारै खेलाडी अमेरिकी भएका कारण जसले जितेपनि ट्रफी अमेरिकामै रहने भएकव छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell