PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

काठमाडाैंमा फेरि पनि सुन पक्राउ



पहिलोपोस्ट

काठमाडौं : क्षेत्रपाटीमा ८८ केजी सुनको काण्ड सेलाउँन नपाउदैँ काठमाडौंमा एक केजी सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा उक्त सुन बरामद गरिएको हो । 

हङकङबाट काठमाडौं आएको क्याथे ड्रागन एअरको उडानमा  ताइबानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको करीव १ केजी सुन जस्तो देखिने पहेलो धातु रहेको प्रहरी केन्द्रिय कार्यलय नक्सालले बताएको छ ।  

उनलाई प्रहरीले हिरासतमा लिएर यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell