PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

दुईलाई मृत्युदण्ड अबु सलेमलाई आजीवन कारावास



पहिलोपोस्ट

दुईलाई मृत्युदण्ड अबु सलेमलाई आजीवन कारावास

भारतको एक अदालतले बिहीबार दुई व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाउँदै ग्याङस्टर अबु सलेमलाई आजीवन कारावास तोकेको छ। सन् १९९३ मुम्बईमा भएको श्रृंखलावद्ध धमाकामा संलग्न रहेको ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो। उक्त हमलामा २ सय ५७ मानिसको ज्यान गएको थियो।

आतंककारी र विध्वंसात्मक कार्य (नियन्त्रण) ऐेन टाडा अनुसार फिरोज खान र ताहिर मर्चेन्टलाई मृत्युदण्डको फैसला सुनाइएको हो।  ७ सय १३ जना घाइते र २७ करोड बराबरको धनमाल क्षति हुने गरी विस्फोट गरिएको थियो। 

ग्याङस्टर दाउद इब्राहिमसँग नजिक रहेका सलेमलाई विशेष न्यायाधीश जिए सनपतले आजीवन कारावासको सजाय सुनाए। करिमुल्लाह खानलाई पनि आजीवन कारावास तोकिएको छ भने रिया सिद्धगीलाई १० वर्ष जेल सजाय सुनाइएको छ।

सन् १९९३ मुम्बई घटनाका योजनाकार दाउद इब्राहिम, टाइगर मिनोन लगायतका दोषीहरु फरार नै छन्। 

अनुसन्धानकर्ताहरुले मार्च १२, १९९३ को घटनाको मुख्य अभियुक्त दाउद इब्राहिमलाई मानेका छन्। त्यसयताका सबैखाले आतंकवादसँग दाउदको नाम जोडिँदै आएको छ।  भारतको मोस्ट वान्टेड सूचीमा इब्राहिमको नाम सबैभन्दा माथि छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell