PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

फिल्म 'रानी'को पहिलो गीत, फिचरिङमा छैनन् अनुपबिक्रम शाही

फिल्म 'रानी'को पहिलो गीत, फिचरिङमा छैनन् अनुपबिक्रम शाही

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: कार्तिक २ गते रिलिज हुने फिल्म 'रानी'ले प्रचार प्रसार सुरु गरेको छ। फिल्म युनिटले प्रचारको पहिलो अस्तु स्वरुप  गीत सार्वजनिक गरेको हो।  'भन भन' बोलको गीत भिडियोसहित रिलिज भएको छ। यसअघि फिल्मको पोस्टर सार्वजनिक भर्इसकेकाे थियो।

सार्वजनिक गीतमा शब्द, संगीत र स्वर युट्युब गायक विजय घिमिरे (भिजे)को रहेको छ। स्वरमा निखिता थापाले भिजेलाई साथ दिइएको हो। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेको भए पनि गीतको भिडियोलाई भने सिसान बाँनिया र मानकृष्ण महर्जनले खिचेका हुन्। भिडियोलाई बब्बु थापाले कोरियोग्राफ गरेका हुन्। गीतको भिडियोमा फिल्मका तीन मुख्य कलाकार मलिना, शारुक र मनिषको फिचरिङ रहेको छ। अभिनेता अनुपबिक्रम शाही भने भिडियोमा देखिएका छैनन्।

जय माँ अम्बे फिल्मसको प्रस्तुती फिल्म रानीमा नवअभिनेताहरु शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ साथै अन्य कलाकार मलिना जोशी, अनुपबिक्रम शाही र सुसान खड्काको पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई दयाराम दाहालको निर्देशन गरेका हुन् भने भानु महर्जन र बिमल गुभाजुले संयुक्त रुपमा निर्माण गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell