काठमाडौं : फिल्म 'साढे सात'को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा गायक सत्यराज आचार्यको प्रमुख फिचरिङ रहेको छ। उनी फिल्ममा फोटो पत्रकारको भूमिकामा देखिएका छन्।
फिल्ममा सत्यराज आचार्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चोरासिया र सुप्रिया कट्वालको पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, साम्तेन भुटिया, नरेशदेव पन्त र डिजे सन्तोषले संयुक्त लगानीमा निर्माण गरेको हो।
फिल्ममा पटकथा र सम्पादन निर्देशकसमेत रहेका साम्तेन भुटियाको रहेको छ। यो फिल्मीलाई अनिश तामाङले खिचेका हुन्। संगीत भने सत्य स्वरुपले दिएका छन्।