PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई कमल थापाको निर्देशन



रासस

जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई कमल थापाको निर्देशन

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए। 

देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। 

दुई दिने सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता छ। 

भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell