A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69958ce4a8df34.52084108): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69958ce4a8df34.52084108,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रञ्जु र किशोरको नजरमा विद्यासुन्दर फेल!  
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

रञ्जु र किशोरको नजरमा विद्यासुन्दर फेल!  



आकाश क्षेत्री

रञ्जु र किशोरको नजरमा विद्यासुन्दर फेल!  

काठमाडौं : तत्कालीन दल विवेकशील नेपाल र साझा पार्टीका काठमाडौं महानगरपालिकामा मेयरका दावेदार रन्जु दर्शना र किशोर थापाले काठमाडौंको मेयर विद्यासुन्दर शाक्य फेल भएको धारणा राखेका छन्।

विवेकशील साझा पार्टीले पत्रकार सम्मेलनमा काठमाडौं मेयर उम्मेद्वार रञ्जु र किशोरले व्यक्तिगत रुपमा विद्यासुन्दरको १०० दिन सम्पन्न भएको समीक्षा गर्दै मेयर फेल भएको धारणा राखेका हुन्।

मेयर विद्यासुन्दरले १०० दिनमा गर्नुपर्ने र गर्न सक्ने काम धेरै भए पनि केही गर्न नसकेको धारणा राखे।

विद्यासुन्दरको कामलार्इ आधार बनाएर तपार्इहरु कति अंक दिनुहुन्छ? भन्ने प्रश्नमा ‘उहाँले गरेको काममा अंक त भन्दिन तर, फेल गर्छु,’ रन्जु दर्शनाले भनिन्। त्यस्तै, किशोर थापाले पनि विद्यासुन्दरको कामको आधारमा पास नहुने अंक दिने धारणा राख्दै भने, ‘म पनि उहाँलार्इ पास अंकभन्दा कम अंक दिन्छु।’    

सम्मेलनमा दुवै मेयर दावेदारले विद्यासुन्दरले चुनावका बेला गलत एजेन्डा लिएर जनतासामु पुगेको समेत बताए।

‘पूरा नहुने एजेन्डा ल्याउनेमा विद्यासुन्दरजीको मात्र कमजोरी होइन, कसले यस्ता एजेन्डा राख्न लगायो पत्ता लगाउँदैछौं,’ तत्कालीन साझा पार्टीतर्फका मेयर उम्मेद्वार थापाले भने।

५ वर्षको कुनै खाकासमेत नबन्ने योजनाहरु १०१ दिनमै पूरा गर्छू भन्नु जनतालार्इ भ्रम मात्र नफैलाएर आफै मुर्ख भएको धारणासमेत उक्त सम्मेलनमा दुवै मेयरका उम्मेद्वारले राखे।  

‘क्लीन द सीटी’ अभियान प्रसंशनीय

पत्रकार सम्मेलनमा रञ्जु र किशोरले मेयर विद्यासुन्दरको ‘क्लीन द सीटी’ अभियान प्रसंशनीय भएकोसमेत धारणा राखे।

काठमाडौं सफा र सुन्दर बनाउँन सबैको कर्तव्य भएका कारण मेयर विद्यासुन्दरको ‘क्लीन द सीटी’ अभियान प्रसंशनीय भएको धारणा राखेका हुन्।

दर्शनाले भनिन्, 'उहाँको ‘क्लीन द सीटी’ अभियानलार्इ हामी सबैले सहयोग गर्न तयार छौं।’ किशोर थापाले पनि मेयरले गरेको सबैभन्दा राम्रो काम ‘क्लीन द सीटी’ भएको बताए।

हामी भए के गर्थ्यौ?

मेयर उम्मेद्वार रन्जु र कशोरले आफुहरु मेयरको ठाउँमा भएको भए १०० दिनमा निम्न कुरा गर्थ्यों भनेर बुँदागत रुपमा आफ्ना धारणा राखेका छन्:

  • फुटपाथको व्यवस्थापन गर्थ्यौ

  • जेब्राक्रसिङ्गमा रंग भर्ने काम गर्थ्यौ
  • खाल्डाखुल्डी पुर्ने काम गर्थ्यौ
  • सर्वासाधारणलार्इ सहज होस् भनेर वडामा स्वमसेवक परिचालन गर्थ्यौ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell