
इनरुवा : नेपाली कांग्रेसका वरिष्ठा नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताएका छन्।
सुनसरीको इनरुवामा ‘राष्ट्रिय उराँव करम महोत्सव’ को उद्घाटन गर्दै पौडेलले सुशासन कायम गर्न विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए।
पौडेलले भने,‘विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ।’
उनले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण तथा सबै धर्म र संस्कृतिको सम्मान र विकासमा जोड दिए। रासस