PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विद्यासुन्दरको सफल काम : वृद्धलाई २ हजार थप, वडामा सीसी क्यामेरा



दिनेश खड्का

विद्यासुन्दरको सफल काम : वृद्धलाई २ हजार थप, वडामा सीसी क्यामेरा

काठमाडौ : काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको बिहीवार सय दिन पुगेको छ। 

सय दिन पुगेको अवसरमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन मार्फत् कार्य प्रगति सार्वजनिक गरे। सार्वजनिक गरिएको प्रगति विवरणमा सबै वडालार्इ पारदर्शी र भ्रष्टाचार मुक्त बनाउन सिसिटिभी जोड्ने अभियान थालेको उल्लेख छ। त्यसै गरी  महानगरका जेष्ठ नागरिको सम्मान स्वरुप ८८ वर्ष पुगेका जेष्ठ नागरिकको भत्ता २ हजारले बढाएर १२ हजार पुर्याएकोसम्म समावेश छ। 

चौतर्फी रुपमा मेयर शाक्यले  सय दिनको समय त्यसै खेर फालेको भन्दै आलोचना भइरहेको छ। मेयर शाक्यले भने आफूले पद सम्हाल्दा गरेको १ सय १ कामको प्रतिवद्धता अनुसार  नै काम भैरहेको दाबी गरे । 

मेयर शाक्यले १ सय दिनमा आर्थिक ऐन,२०७४ र विनियोजन ऐन २०७४ जारी गरी राजश्वको अनुमान र खर्चको अनुमान,महानगरपालिकाका लागि एक वर्षे,५ वर्षे र ८ वर्षे विकासको नीति तथा योजना बनाएको बताए। 

त्यसै गरि  'क्लीन द सिटी अभियान'अन्तर्गत  १ हजार ९५ टन फोहोर उठाएर व्यवस्थापन गरेको, काठमाडौं महानगरपालिका क्षेत्रभित्र १८ सय ३ वटा वृक्षारोपण गरेको,उज्यालो अभियानका लागि १७ सय ७६ थान सोलार बत्ती जडान गरेको,८८ वर्ष पुगेका जेष्ठ नागरिक दिँदै आएको भत्तामा दुर्इ हजार थपी १२ हजार पुर्याएको तथा निशुल्क स्वास्थ्य परीक्षण उपलब्ध गराएको, पूर्ण अपाङ्गता भएकाहरुलार्इ वार्षिक ३ हजार दिने निर्णय गरेको, महानगरका भौतिक संरचना अपाङ्गमैत्री बनाउने कार्यको थालनी गरेको, धर्मपथ र टेकुमा रहेको आफ्नो जमिनमा स्मार्ट पार्किङको कार्य अघि बढाएको, सार्वजनिक स्थलहरुमा फ्रि वार्इफार्इ, सार्वजनिक यातायात व्यवस्थित बनाउन थप २० बसका लागि साझा यातायातलार्इ थप ५ करोड दिएको रहेका छन्। 

त्यस्तै मेयर शाक्यले डिजिटल सिग्नेचर लागू गर्न लागेको, बाढी पीडितका लागि ३९ लाख रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिए। समाखुसीको ढलमा बगेकी सत्या सापकोटाको १ लाख बराबरको बीमा तथा दिवंगत विनिता फुयालको परिवारलार्इ २५ हजार रुपैयाँ सहयोग गरेको बताए। 

महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार भत्काउन लागिएको, महानगर भित्र विभिन्न ठाउँमा गरी छ वटा नयाँ उद्यान बनाइएको, महानगरपालिका क्षेत्रभित्र ८४ स्थानमा ढल निर्माण,१ हजार ५ सय ७ ठाँउमा ढलको मंगल मर्मत तथा सफार्इ गरेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिए । 

त्यसै गरी सम्बोधनको अन्तिममा प्रतिबद्धता अनुसार काम गर्न नसकिएको मेयर शाक्यले स्वीकार गरे। 

'विभिन्न कारणले अपेक्षा गरिएअनुसार नतिजा प्राप्त नभएको स्वीकार गर्छु कर्मचारी व्यवस्थापन र स्रोत साधनको कमी, अधिकार स्पष्ट रुपमा नतोकिनुले समस्या बढाउँदै लगेको,' बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell