PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सुन तस्करीमा गाडी पास गराएको २५ सय रुपैयाँ!



सविन ढकाल

सुन तस्करीमा गाडी पास गराएको २५ सय रुपैयाँ!

काठमाडौं : सोमवार प्रहरीले विशेष सुराकीको आधारमा रसुवा नाका हुँदै अवैधरुपमा राजधानी भित्र्याएको ८८ केजी सुन बरामद गर्योस। चीनको केरुङ नाका हुँदै राजधानी भित्र्याउन चालकहरु पटकपटक फेरिएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

तस्करले घटनाबारे चालकलाई जानकारी नहोस् भनेर ड्राइभर फेर्ने गरेको प्रहरीले जानकारी दियो। प्रहरीले अनुसन्धानको क्रममा तीन जना चालकलाई नियन्त्रणामा लिई अनुसन्धान गरिररहेको छ। पक्राउ परेका तीन जनाले प्रहरीको बयानमा एक ठाउँबाट सम्बन्धित ठाउँमा गाडी पुर्यााएबापत २  हजार देखि २५ सय सम्म लिने गरेको बताएका छन्। 

केरुङ नाकामा चीनले ३ सय जना गाडी चालकलाई मात्र प्रवेशको पास दिएकाले पनि ती मध्येबाटै तस्करी वारपार गराउन तस्कर सक्रिय छन्। एसओटी कम्पनीले ३ सय चालकलाई चीनको केही निश्चित स्थानसम्म जाने व्यवस्था मिलाएको हो। यसरी पास भएका चालकलाई नै प्रयोग गरेर तस्करले नेपाल सुन भित्र्याउने गरेको देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell