
काठमाडौं : जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा काठमाडौं भइरहेको दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ।
बुधबार सम्पन्न खेलपछि पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ अन्तिम आठमा प्रवेश गरेका छन्। उनले एपीएफका विजित थापा मगरलाई २१–९, २१–४ ले पराजित गर्दै क्वाटरमा प्रवेश गरेका हुन्।
यस्तै अन्तिम आठ प्रवेश गर्ने अन्यमा एपीएफका सुदीप सेंढाई र साजन कृष्ण ताम्राकार, पुलिसका बिष्णु कटुवाल र दिपेश धामी, कम्प्लिट हेल्थ क्लबका जीवन आचार्य, सेनाका नविन श्रेष्ठ र कैलालीका संजीव खड्का रहेका छन्।
एपीएफका सेंढाईले पुलिसका गौतम कठायतलाई २१–१४, २१–१५ र साजनले शेर्पा ट्रेड्सका प्रिन्स दाहाललाई २१–१७, २१–१६ ले, पुलिसका बिष्णुले शेर्पा ट्रेड्सका सुनिल जोशीलाई २१–१४, १३–२१ र २२–२०, दिपेशले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१२ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे। यस्तै कम्प्लिट हेल्थ क्लबका जविनले पुलिसका दीपक बोहरालाई २२–२०, २१–१९ले, सेनाका नविनले कम्प्लिटका निर विक्रम देवकोटालाई २१–१४, १७–२१ र २१–९ ले तथा कैलालीका संजीव खड्काले २१–१३, २१–१६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भए।
एकेडेमीको बशुन्धारास्थित आफ्नै प्राङ्गणमा आयोजना भएको प्रतियोगिताको पुरुष जोडी तर्फको खेलमा एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले तीन चुलिका थोप्तेन शेर्पा र दिपु मगरको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे। यस्तै बाग्लुङ्गका विवेक जिसी र चन्द्र कुमार खापुङ्गको जोडीले टोखाका राजीव श्रेष्ठ र बुद्ध श्रेष्ठको जोडीलाई २१–१०, २१–११ ले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीले जेष्टका राम बानिया र रोमन बानियाको जोडीलाई २१–१५, २१–१५ ले, जेष्टका रुपक थिङ्ग र अखिल श्रेष्ठको जोडीले ललितपुरका ससिन डङ्गोल र दिपेश शाक्यको जोडीलाई १२–२१, २१–१६ र २२–२०ले सेनाका पविन लिनथेप र रुकेश महर्जनको जोडीले जी ४ का आकाश छन्त्याल र गणेश छन्त्यालका २१–१७, २१–११ ले एपीएफका ईन्द्र महता र पुलिसका गौतम कठायतको जोडीले आयोजक जेष्टका विराट पराजुली थापा र सम्राट पराजुली थापाको जोडीलाई २१–८, २१–१३ले, गंगटाका रेशम पुन र राजकुमार पोखरेलको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१–१०, २१–१७ ले र सेनाका दिलेन्द्र पुन र विशाल खड्काको जोडीले कास्कीका भुगोल गुरुङ्ग र विशाल खड्काको जोडीलाई २१–१८, १७–२१ र २१–१५ को जोडीलाई पराजिगत गर्दै क्वाटरफाईनलमा प्रवेश गर्न सफल भए।
महिला एकलतर्फ सेनाका नेपाल नम्बर एक नङ्गशल देवी तामाङ, रशिला महर्जन, अनुमाया राई र अमिता गिरी पनि आ-आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरे। यस्तै अन्तिम आठ प्रवेश गर्ने अन्यमा एसएससी विराटनगरकी निता लम्साल, कास्कीकी पुनम गुरुङ, आयोजककी जेशिका गुरुङ र भोजपुरकी सिता राई रहेका छन्।
प्रतियोगितको दोश्रो दिन भएको यु–१७ ब्वाईज तर्फ शेर्पा ट्रेड्सका प्रिन्स दाहाल, सेनाका विशाल खड्का, पविन लिनथेप, रुकेश महर्जन र प्रफुल महर्जन, नेपालगंज ब्याडमिन्टन क्लबका सहरोज अन्सारी र शिव थापा तथा आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीका सियोन पेन्जोर केम्पे पनि अन्तिम आठमा प्रवेश गरेका छन्।
नेपाली सेनाका सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडी दोश्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मास्टर्स ४५ बर्ष माथी सेमिफाईनलमा प्रवेश गरेका छन्। श्रेष्ठ र गुरुङ्गको जोडीले आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीका खेम गुरुङ र मिलन गुरुङको जोडीलाई २१–१४, २१–१५ले पराजित गर्दे सेमिफाईनलमा स्थान पक्का गरेका हुन्।