PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुनसरीमा एकै दिन २४ फरार दोषी पक्राउ



पहिलोपोस्ट

सुनसरीमा एकै दिन २४ फरार दोषी पक्राउ

इनरुवा : जिल्ला प्रहरी कार्यालय आज एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा– केही सार्वजनिक अपराध मुद्दा– लागुऔषध ओसारपसार मुद्दा– लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो। 

त्यस्तै अंश मुद्दा, गाली बेइज्जती मुद्दा, परीक्षाभंग मुद्दा र जारी मुद्दाका एक एक जनालाई पनि पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए। सबै दोषीलाई आवश्यक कारवाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell