PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'



राजेन्द्र आचार्य

प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'

भरतपुर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने बताएका छन्। तर, उनले निर्वाचन क्षेत्र भने स्पष्ट पारेनन्।

प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा निर्वाचन चितवनबाट लड्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वीरगन्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। चितवन देशको एउटा विशिष्ठ जिल्ला हो। यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’

प्रचण्डले भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनु पर्ने बताए।

उनले भने ‘मैले यस बारे चिनियाँ पक्षसँग पनि कुरा गरेको छु। छिटै यसको गुरुयोजना बन्छ। चितवन देशकै राजनीतिक र आर्थिक गतिविधिको केन्द्र हो। यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ।’

उनले नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकीकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा दिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell