PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भिरबाट लडेर महिलाको मृत्यु



पहिलोपोस्ट

भिरबाट लडेर महिलाको मृत्यु

बैतडी : भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन्।

बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए। मृतकको शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ।


बेवारिशे शव फेला

यसै बीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा बिहीबार एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ। मृतक पुरुषको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ।

गहुँगोरो वर्ण भएको पुरुषको उक्त शवको सनाखत भने हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell