PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

स्थानीय तह निर्वाचनः मनोनयन फिर्ता आजसम्म, शनिबार चुनाव चिन्ह वितरण



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनः मनोनयन फिर्ता आजसम्म, शनिबार चुनाव चिन्ह वितरण
तस्बिर : फाइल

काठमाडौं : प्रदेश नम्बर २ को तस्रो चरणको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ताका लागि आजसम्म समय पाउँदैछन्। प्रारम्भिक नामावली प्रकाशनपछि उम्मेदवारविरुद्ध बिहीबार दाबी बिरोधको सूचना दिने समय तोकिएको थियो। बिरोधको सूचना दर्तापछि निर्वाचन आयोगले उम्मेदवारलाई मनोनयन फिर्ताका लागि शुक्रबारको समय तोकेको हो।

उम्मेदवारले मनोनयन फिर्ता नलिए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्राप्त दाबी बिरोधमा समेत अध्ययन गरी शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार नै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिनेछ।

१३६ स्थानीय तहमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा ३६ हजार ७३ जनाले मनोयन दर्ता गराएका छन्।

मनोनयन दर्तामध्ये प्रमुख÷अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख÷उपाध्यक्षमा एक हजार १३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको मनोनयन दर्ता गरेका छन्। यस्तै, खुल्ला सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

तेस्रो चरणमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा जनप्रतिनिधि चयन हुँदैछन्। निर्वाचनबाट ६ हजार ६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell