PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

इथियोपियाको दक्षिणी प्रदेशका तीन हजार बढी कैदी जेलमुक्त



रासस

इथियोपियाको दक्षिणी प्रदेशका तीन हजार बढी कैदी जेलमुक्त

इथियोपिया :  इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ। 

सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ वर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आममाफी पाउनका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा गरेकाले उनीहरुलाई जेलमुक्त गरिएको जानकारी दिए। 

शान्तिपूर्ण रुपमा बाच्ने कैदीको लालसा, कैदमा हुँदाको उसको व्यवहार, कैदीको पारिवारिक अवस्था, स्वास्थ्य अवस्था, कैदीलाई भएको पश्चाताप र उसको अनुशासनको अवस्थालगायतलाई हेरेर कैद माफी दिन सकिने कानुनी व्यवस्था छ। 

दक्षिणी राज्यले अबलम्बन गरे जस्तै मापदण्ड अप्नाएर अम्हारा र टीग्रा राज्यले पनि यसै हप्ताको सुरुमा केही कैदी जेलमुक्त गरेका थिए। 

अम्हारा क्षेत्रीय राज्यले एक हजार ९८१ जनालाई र टिग्रा राज्यले ९५७ जनालाई जेलमुक्त गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell