PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राजपालाई छाता, दुवै राप्रपालाई हलो चुनाव चिन्ह, सबैको कुन चिन्ह हेर्नुस् सूचीमा

राजपालाई छाता, दुवै राप्रपालाई हलो चुनाव चिन्ह, सबैको कुन चिन्ह हेर्नुस् सूचीमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो।

आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ। यस्तै, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले आयतकारभित्रको हलो चिन्ह पाएको छ।

६ वटा मधेस केन्द्रित दल मिलेर एकीकृत भएको राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह पाएको छ।

नौँ वटा राजनीतिक दलले संयुक्त चिन्ह पाएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडालाई तीनवटा पार्टी चुनाव चिन्ह बनाएका छन्। माओवादी केन्द्र सहित उक्त चिन्हमा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन्। नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell