PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

महोत्तरीमा आचारसंहिता उल्लङ्घन गर्दै प्रचार प्रसारमा दलहरु



रासस

महोत्तरीमा आचारसंहिता उल्लङ्घन गर्दै प्रचार प्रसारमा दलहरु

गौशाला :  प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिता उल्लङ्घन गरेका छन्। 

आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र अग्रपंक्तिमा रहेकाे छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका साथै स्वतन्त्र उम्मेदवार समेतले आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ। 

दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरीमा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आआफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा उम्मेदवारहरुले आचारसंहिता विपरीत भोट माग्ने र मतदातालाई आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ। 

राजनीतिक दलले सार्वजनिकस्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलन   र प्रचार प्रसार गरेको पाइएको छ। 

यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झुठो आश्वासन, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको मतदाता बताउँछन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell