PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

कञ्चनपुरको दोधारा गाविसमा पूर्वअध्यक्षमाथि भारतीय लुटेराकाे आक्रमण



रासस

कञ्चनपुरको दोधारा गाविसमा पूर्वअध्यक्षमाथि भारतीय लुटेराकाे आक्रमण

कञ्चनपुर :  कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले आक्रमण गरी लुटपाट गरेका छन्। 

भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले आक्रमण गरी लुटपाट गरेका हुन्। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रानासँग मोबाइल सेट र भारतीय रुपैयाँ ३६ हजार लुटेराले लगेका छन्। 

लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ। पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर आक्रमण गरेको बताए।

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी लुटपाटमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell