PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भाइरल ज्वरोले विद्यार्थी विरामी भएपछि गुल्मीको एक विद्यालय दुई दिन बन्द



रासस

भाइरल ज्वरोले विद्यार्थी विरामी भएपछि गुल्मीको एक विद्यालय दुई दिन बन्द

गुल्मी :  भाइरल ज्वरोका कारण गुल्मीको एउटा विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। 

विद्यालयका अधिकांश विद्यार्थी र शिक्षक भाइरल ज्वरोका कारण विरामी परेपछि मुसिकोट नगरपालिका–५ आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुधबार र बिहीबार बन्द गरिएको हो।

विद्यार्थीमा सुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्नेलगायतका समस्या देखा परेको शिक्षक सुनिल भण्डारीले जानकारी दिए। 

यसै बीच, गुल्मीमा सञ्चालन भएको तीनदिने स्वास्थ्य शिविरमा एक हजार ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। 

मुसिकोट नगरपालिकाको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा बुधबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको मोतिया विन्दुको शल्यक्रिया, दन्तरोग तथा स्त्री रोगको परीक्षणको व्यवस्था गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell