काठमाडौं : अघिल्लाे सातामा झैँ यो साता पनि एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म 'दुई रुपैयाँ'सँग नेपाली, बलिउड र हलिउड कुनै पनि फिल्म सार्वजनिक भएनन्।
असिम शाह निर्देशित फिल्म 'दुई रुपैंया'मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, मेनुका प्रधान, टीका पहारी, विराशद बस्नेत लगायतको मभिनय रहेको छ।
फिल्म रिलिज हुनुभन्दा पहिले नै गीत 'कुटुमा कुटु'ले दुई करोड हिट्स बटुल्दै फिल्म प्रचारको काम गर्यो। फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाले संगीत दिएका छन्। डार्क कमेडी जनराको फिल्ममा अपराधिक गतिविधीमा दुई युवा दाह्री र जुरेलीको संलग्नता पछि सिर्जना हुने कथा मुख्य विषय हो। फिल्मलाई पुर्वी नेपालको झापा वरपर छायांकन गरिएको छ।
फिल्मले मल्टिप्लेकस एवं सिंगल स्क्रिनमा शो पाएको छ। आशिष रेग्मि, आशिफ शाह कथामाथी बनेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन्। त्यस्तै लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्मलाई जिटूवान प्रोडक्शन र ब्ल्याक हर्सको प्रस्तुती गरेको हो।
गत साता प्रदर्शनरत फिल्महरु ए मेरो हजुर २ र बादशावले पनि केही हलमा शो कायम राखेको छ।