PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

देशमा सवैधानिक संकट उत्पन्न हुन नदिन मंसिरमा निर्वाचनः पुन



रासस

देशमा सवैधानिक संकट उत्पन्न हुन नदिन मंसिरमा निर्वाचनः पुन

पाल्पा :  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसके देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन्।

प्रेस सेन्टरले पाल्पाको तानसेनमा गरेको पत्रकार सम्मेलनमा पुनले संवैधानिक संकटबाट देशलाई जोगाउन मंसिरमा निर्वाचन गर्न लागिएको बताए।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने भन्दै  पुनले त्यसका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए। उनले प्रदेश दुई नम्बर प्रदेशमा माओवादी पहिलो शक्ति बन्ने दाबी गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell