PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प



रासस

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प
फोटो श्रोतः foxnews.com

मेक्सिको सिटीः मेक्सिकोमा बिहीबार अबेर राति शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ। भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको छ। 

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ। 

भूकम्पपछि सुनामीको चेतावानी दिइएको छ। शुक्रबार बिहानतिर सुनामीको खतरा रहेको जानकारी दिइएको छ।

चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट भूकम्पको केन्द्र बिन्दु करिब १२० किलोमिटरर दक्षिणतर्फ रहेको बताइएको छ। 

प्रारम्भिक सूचना अनुसार भूकम्प निकै शक्तिशाली रहेकाले ठूलो क्षतिको अनुमान गरिएको छ। 

त्यसै गरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ। 

यसैबीच, भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकाले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ। 

समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ। भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना जारी गरिएको छ। 

भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटर परसम्म पुगेको थियो। आगामी १२ घण्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell