काठमाडौं : गायक शिव परियारले 'मेरो मायाले' म्युजिक भिडियोमा नयाँ प्रयोगको रुपमा पुर्णतय सेट प्रयोग गरेका छन्। निर्देशक विकास सुवेदीले नेपालमा पहिलो पटक म्युजिक भिडियोमा पुर्णतया सेटमा छायांकन भएको दाबी गरेका छन्। भने,'फिल्मको गीतमा फरक कुरा तर एल्बमको गीति भिडियोमा यो नयाँ प्रयोग हो।' उक्त सेटलाई राजु पेन्टरले बनाएका हुन्।
सार्वजनिक गीतमा गायक शिव परियारको स्वर रहेको छ भने संगीतकार अर्जुन पोखरेलले शब्द तथा संगीत दिएका हुन्। भिडियोमा भने भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्काको फिचरिङ रहेको छ। गायक शिव परियारको 'शिवालय' एल्बममा समावेश गीतको भिडियो कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो।
गायक शिव परियारले भिडियो बारे आफू निकै उत्साहित रहेको बताए। भने, 'मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भए पनि यो भिडियोबाट फरक छ। भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ।'