PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा



रासस

डोल्पा :  डोल्पाको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा पुनः संचालन  भएको छ। 

स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा पुनः सुरु गरिएको हो 

हवाई सेवा बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महानचाड दशैंको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १० प्रतिशत काम जहाज चल्दै गर्दा समय व्यवस्थापन गर्ने सर्तमा हवाई सेवा सुरु गरिएको आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए। 

विमानस्थलको जम्मा ५६० मिटर कालोपत्रेमध्ये धावन मार्गको ५५ मिटर र पार्किङको काम मात्र काम बाँकी छ। 

आयोजना प्रमुख शाहीका अनुसार धावन मार्गको ५५ मिटर कालोपत्रेको काम गर्दै गर्दा रुलर मेसिन बिग्रेकाले काम रोकिएको छ। मेसिन मर्मतपछि केही दिनमै काम सुरु गरिने शाहीले बताए। 

बिहानको जहाज आउने समयमा पार्किङको काम गर्ने र जहाज गइसकेपछि दिउँसो धावन मार्गको काम सञ्चालन गर्ने योजना रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell