PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत



रासस

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत

काठमाडौं :  भाषा आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ।  

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवालाई  संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको हो। 

प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषाको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ। 

अध्यक्ष अवस्थीले भने,‘१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्, त्यसमा सरकारले तत्काल ध्यान पुर्याउनु पर्नेलगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ।’

सो अवसरमा प्रधानमन्त्री देउवाले भाषा आयोगलाई चाँडो पूर्णता दिइने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell