PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राष्ट्रपतिद्वारा विभिन्न उपाधि हासिल गरेका छात्रछात्रालाई विद्याभूषण पदक 



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा विभिन्न उपाधि हासिल गरेका छात्रछात्रालाई विद्याभूषण पदक 

काठमाडौं : ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्रालाई विद्याभूषण पदक प्रदान गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति  भण्डारीले  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक २१५ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक ८२ जनालाई, ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक २८ जनालाई प्रदान गरिन्।

त्यस्तै, नेपाल भित्रका विश्वविद्यालयतर्फ स्नातक छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई तथा प्रमाणपत्र तह वा सो सरहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक तीन जनासमेत ३५१ जनालाई पदक प्रदान गरिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell