PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बन्लान् नेप्सेको महाप्रबन्धक? अर्थमन्त्रालयले गर्यो पाँचजनाको छनौट



पहिलोपोस्ट

काठमाण्डौं : नेपाल स्टक एक्सचेन्ज(नेप्से)को महाप्रबन्धक नियुक्तिकालागि अर्थ मन्त्रालयले पाँच जनाको नाम छनौट गरेको छ।

अर्थ मन्त्रालयले आज प्रकाशित गरेको नामावलीमा चन्द्रसिंह साउद पहिलो नम्बरमा परेका छन्। थप चार जनामा क्रमस प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया छन्।

शैक्षिक योग्यता र ब्यावसायिक कार्ययोजनाको परीक्षाबाट प्राप्तांकको नतिजाका आधारमा छनौट गरिएको मन्त्रालयले जनाएको छ। पाँचजनालाई ब्यावसायिक योजना र थप अन्तर्वार्ताको लागि बोलाइने छ।

ब्यावसायिक योजना र अन्तर्वार्तापछि मन्त्रालयले नियुक्तिकालागि तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउने  छ।     

                 
NIC Asia Capital

Share this Story

   
यी मध्ये को बन्लान् नेप्सेको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell