PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बेलायती राजकुमार जर्ज विद्यालय भर्ना



रासस

बेलायती राजकुमार जर्ज विद्यालय भर्ना

लण्डन :  बेलायतका राजकुमार जर्ज विद्यालय भर्ना भएका छन्।  उनी चार वर्ष पुगेसँगै बिहीबारदेखि विद्यालयकाे यात्रा सुरु भएको हाे। 

बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए। प्रारम्भिक तहको विद्यालय दक्षिणपश्चिमी लण्डनमा छ। 

राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उनलाई विद्यालय पुर्याउन भने गइनन्।

राजकुमारी क्याथेरिनको तेस्रो बच्चा जन्माउने बेला भएकाले आराम गरिरहेकी केन्सीङटन दरबारले जनाएको छ। 

स्थानीय सञ्चार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन्। विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उनले लगाउनेछन्।

उनको डेस्कलगायतका सामान उनकै नाममा हुनेछ। 

विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पारे।

तर, अन्य छात्रहरूलाई झै उनलाई पनि शैक्षिक क्रियाकलापमा अत्याधिक सहभागिताका लागि धेरै योजना भने बनाइएको बताए। 

राजकुमार जर्ज विद्यालयमा प्रवेश गरेपछि एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए। 

राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गरेका छन्। 

झण्डै तीन दशक अगाडि राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै सञ्चार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell