PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

नेपाल–चीन सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुरः परराष्ट्रमन्त्री 



रासस

नेपाल–चीन सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुरः परराष्ट्रमन्त्री 

काठमाडौं :  चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज बिहान चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गरेका छन्। 

भेटवार्तामा उनीहरु बीच दुई देशका जनताको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर रहेको बताए। 

चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे। 

यसै गरी शनिबार अपराह्न उपप्रधानमन्त्री महराले ग्वाङ्जाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell