PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

भरतपुर पुगेर प्रचण्डले भने–चितवन जिल्लालाई नै महानगर बनाउनुपर्छ



पहिलोपोस्ट

भरतपुर पुगेर प्रचण्डले भने–चितवन जिल्लालाई नै महानगर बनाउनुपर्छ

चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भावनाले भरिएको चितवनलाई विकास गर्नका लागि आफू चाँडै नै चितवन आउने बताएका छन्। 

आज भरतपुर महानगरपालिकाले आयोजना गरेको एकीकृत  सहरी विकास कार्यक्रम सम्बन्धि छलफलमा अध्यक्ष प्रचण्डले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र सम्भावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले चितवन शैक्षिक, स्वास्थ्य, कृषि, आद्योगिक सबै हिसाबले उपयुक्त रहेकोले दिर्घकालिन रुपले कार्ययोजना ल्याएर चितवनको विकास गर्ने बताए। 

प्रचण्डले चितवनको नारायणी नदी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउन सकिने भन्दै यसको थालनी अब भरतपुर महानगरपालिकाले गर्नुपर्ने बताए।

उनले पश्चिम चितवनबाट नवलपुर जोड्न दुई वटा पुल निर्माणको आवश्यकता रहेको भन्दै यसको लागि आफू लागिपरिरहेको बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell