
मेक्सिको सिटीः मेक्सिकोमा बिहीबार अबेरराति आएको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु भएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएसं) ले भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ। भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात जनाको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन्।
त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ।
भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ। आगामी १२ घण्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन्। शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा