PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

जुधेर मर्‍यो चितवनमा एउटा भाले गैंडा



राजेन्द्र आचार्य

जुधेर मर्‍यो चितवनमा एउटा भाले गैंडा

चितवनः  पूर्वी चितवनको डुग्रे र ईचर्नी खोलाको दोभानमा एक बयस्क गैंडाको मुत्यु भएको छ।

 चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरमा पर्ने कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वनको बीचमा पर्ने खोलामा दुई गैंडा जुध्दा भाले गैंडा ढलेको रुखको चेपुवा परेर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठकले जानकारी दिए ।

मृत गैडालाई निकालेर पोष्र्टमार्टम गरि गाडिएको र खाग र खुर निकुञ्जसँग सुरक्षित गरेको उनले बताए ।

आज दिउसो गैडा जुधेको देखेपछि स्थानीयले निकुञ्जमा खबर गरेका थिए। निकुञ्जमा यसै अर्थिक वर्षमा मात्रै एक चोरी शिकारी, एक करेन्ट, दुई जुधेरसहित २४ वटा गैंडा कालगतिका कारण मरेको उनले बताए।

निकुञ्जका पछिल्लो समयमा गरिएको गणना अनुसार ६ सय ५ वटा गैडा छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell