PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विद्यासुन्दर सहित देशका १० मेयर स्मार्ट सिटी हेर्न कोरिया जाँदै 



दिनेश खड्का

विद्यासुन्दर सहित देशका १० मेयर स्मार्ट सिटी हेर्न कोरिया जाँदै 
कोरियाको नमुना स्मार्ट सिटी गोयाङ। फोटो : readwrite.com

काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित १० जना मेयर साताव्यापी कोरिया भ्रमणमा जाने भएका छन्। 

पोखरा, बुटवल, विराटनगर, बनेपा सहितका १० नगरपालिकाका मेयर आजै कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। आजै राति ११ बजेको फ्लाइटमा उनीहरु कोरिया जाँदैछन्।  

२५ र २६ गते हुने 'मेयर फोरममा सहभागी हुन नेपालबाट १० जना मेयर जान लागेका हुन्। उनीहरु २० गते देश फर्कने कार्यक्रम छ। उक्त कार्यक्रममा विश्वभरिबाट मेयरहरु आउने र स्मार्ट सिटीबारे छलफल हुने बताइएको छ। 

विकसित देशका मेयरहरु समेत सहभागी हुँदा स्मार्ट सिटी र विकासबारे बुझ्ने  र कोरियाका स्मार्ट सिटीहरु अवलोकन गर्न पाउने भएकाले यो मेयरहरुको भ्रमण महत्वपूर्ण मानिएको छ। 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन समेत जापानकबाट सिधै कोरियातिर आउने कार्यक्रम छ। 

स्मार्ट सिटी बनाउने योजना बनाएका मेयर शाक्यको पदबहाली भएपछिको यो पहिलो विदेश भ्रमण हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell