PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नुहाउन जाँदा त्रिशूलीमा बेपत्ता



रासस

त्रिशूली(नुवाकोट) : विदुर–५ देवीघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नपा–२ का २० वर्षीय टीकाराम तामाङ आज बेपत्ता भएका छन्।

गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा गएका थिए।

तामाङसहित पाँच जना त्रिशूलीमा नुहाउन गएकामा चार जना भने सकुशल रछन्। बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell