PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

सडक बालबालिका राष्ट्रिय फुटबलको उपाधि थ्री एन्जल्सलाई, विश्वकपका लागि २६ खेलाडी प्रारम्भिक छनोटमा



पहिलोपोस्ट

सडक बालबालिका राष्ट्रिय फुटबलको उपाधि थ्री एन्जल्सलाई, विश्वकपका लागि २६ खेलाडी प्रारम्भिक छनोटमा

काठमाडौं : रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि खेलाडी छनोट भएको छ।

सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो।

तीन दिने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरिएको हो। छनोटमा पोखराको थ्री एन्जल्सका खेलाडीको बर्चश्व रहेको छ। थ्री एन्जल्सबाट कुल ७ खेलाडी छनोट भएका हुन्।

छनोट हुने खेलाडीहरु

अशोक नेपाली (थ्री एन्जल्स)

सचिन विश्वकर्मा (थ्री एन्जल्स)

जिवित कुश्मा थारु (थ्री एन्जल्स)

सन्जु बादी (थ्री एन्जल्स)

विशाल बादी (थ्री एन्जल्स)

राजु बादी (थ्री एन्जल्स)

सुनिल बादी (थ्री एन्जल्स)

 

कुमार लामा (खुसी नेपाल)

विराज श्रेष्ठ (खुसी नेपाल)

एरोन कार्की (खुसी नेपाल)

रोशन भुजेल (खुसी नेपाल)

मनविर लामा (खुसी नेपाल)

 

रमेश शाह (नेपाल बाल मन्दिर)

हर्ष ठकुरी (नेपाल बाल मन्दिर)

सन्तोष खत्री (नेपाल बाल मन्दिर)

 

खेम राज रिमाल (प्रयास ओसिड)

राजु वन (प्रयास ओसिड)

रोशन कामी (प्रयास ओसिड)

 

सन्तोष राई (सेल्टर आश्रय नेपाल)

सुजन परियार (सेल्टर आश्रय नेपाल)

 

विक्रम मल्ल (लाइट हाउस फाउण्डेसन)

अर्जुन रोका मगर (लाइट हाउस फाउण्डेसन)

 

उब्जन काकी (सांग्रिला )

विकेश तिमल्सिना (सांग्रिला)

 

विशाल सिटौला (सोबर रिकभरी)

 

पवन शाही (एक्सन लभ नेपाल)

 

थ्री एन्जल्सलाई उपाधि

बेलायतबाट संचालित स्ट्रिट चिल्ड्रेन युनाइटेडको आयोजनामा हुने स्ट्रिट चिल्ड्रेन वल्र्डकप २०१८ मे मा रसियाको मस्कोमा हुनेछ।

यसका लागि खेलाडी छनोट गर्ने उद्धेश्यले आयोजना गरिएको राष्ट्रिय अनाथ तथा सडक बालबालिका फुटबल लिगको उपाधि थ्री एन्जल्सले जितेको छ। पोखराको थ्री एन्जल्सले नेपाल बालमन्दिरको बी टिमलाई ४-१ ले हरायो।

यस्तै प्रयास ओसिड तेस्रो हुन सफल भयो। तेस्रो स्थानको प्लेअफमा प्रयासले खुसी नेपाललाई हराएको थियो।

प्रतियोगिताभर ८ गोल गरेका थ्री एन्जल्सका सचिन विश्वकर्मा सर्वाधिक गोलकर्ता घोषित भए। थ्री एन्जल्सकै विशाल बादी सर्वोत्कृष्ट खेलाडी घोषित भए।

विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरे। सदस्य सचिव विष्टले यस प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell