PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

फ्रेन्च लिग वान : पिएसजिको शानदार जित, एमबापेको डेब्युमै गोल



पहिलोपोस्ट

फ्रेन्च लिग वान : पिएसजिको शानदार जित, एमबापेको डेब्युमै गोल

एडिनसन कभानीको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा दश खेलाडीको मेट्जलाई ५-१ ले हराउँदै लगातार पाँचौ जित हात पारेको छ।

पिएसजीको जितमा केही दिनअघि मात्र मोनाकोबाट लोनमा गएका केएलिन एमबापेले डेब्युमै गोल गरे। यस्तै नेमार र लुकास माउराले पनि १-१ गोल गरे।

मेट्जका लागि एमानुएल रिभेइरेले बराबरी गोल फर्काएका थिए। तर, बेनोइट एकोतोले रातो कार्ड पाएपछि मेट्ज दश खेलाडीमा झर्‍यो र पिएसजीले ४ गोल थपेको हो।

यस सिजन शतप्रतिशत जित निकालेको पिएसजी ५ खेलबाट १५ अंकका साथ लिगको शीर्ष स्थानमा रहेकाे छ। एक खेल कम खेलेको मोनाको १२ अंक जोड्दै दोस्रो स्थानमा छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell