PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नाडाल युएस ‌ओपनको फाइनलमा



पहिलोपोस्ट

नाडाल युएस ‌ओपनको फाइनलमा

शीर्ष वरीयताका स्पेनी राफेल नाडा वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। नाडालले सेमिफाइनलमा पुनरागमन गर्दै अर्जेन्टिनी खेलाडी हुँवा मार्टिन डेल पोर्टोलाई ३-१ को सेटमा हराए।

पहिलो सेट डेल पोर्टोले ६-४ ले जित्दै १-० को अग्रता लिएका थिए। तर, त्यसपछिका लगातार तीन सेट ६-०, ६-३, ६-२ ले जित्दै उपाधि नजिक पुगेका हुन्। नाडाले २०१० र २०१३ मा युएस ओपनको उपाधि जितेका थिए।

उनी १६औँ ग्राण्ड्सलाम उपाधि जित्ने अभियानमा छन्। यसका लागि नाडालले फाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरसनसँग प्रतिस्पर्धा गर्ने छन्।

पहिलो पटक कुनै पनि ग्राण्ड्सलामको फाइनल पुग्ने क्रममा एण्डरसनले पाब्लो केरेनोलाई ४-६,  ७-६, ६-३, ६-४ ले हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell