PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

टेष्टमा जेम्स एण्डरसनको पाँच सय विकेट



पहिलोपोस्ट

टेष्टमा जेम्स एण्डरसनको पाँच सय विकेट

जेम्स एण्डरसन टेष्ट क्रिकेटमा करियरको ५ सय विकेट लिने पहिलो इंगलिस खेलाडी बनेका छन्। उनी टेष्ट क्रिकेटको इतिहासमा ५ सय विकेटको कोसेढुङ्गा पुरा गर्ने छैटौँ खेलाडी पनि बनेका छन्।

लर्ड्समा भइरहेको वेष्ट इन्डिझ विरुद्धको अन्तिम टेष्टमा क्रेष ब्रेइवाइटको विकेट लिदैँ एण्डरसनले ५ सयौँ विकेट पुरा गरेका हुन्। त्यसपछि उनले किरण पावेलको विकेटसमेत लिदैँ करियरमा टेष्ट विकेटको संख्या ५०१ पुर्‍याएका छन्।

एण्डरसनले सन् २०१५ मा आफ्नो सयौँ टेष्ट खेल्दै सर इयान बोथाको ३८३ विकेटको रेकर्ड तोडेका थिए।

इंगल्याण्डका लागि दोस्रो धेरै टेष्ट विकेट लिनेमा एण्डरसनसँगै खेलिरहेका स्टुअर्ड बोर्ड छन्। उनले ३८७ विकेट लिएका छन्।

यस्तै ५ सय विकेट पूरा गर्ने उनी विश्वका तेस्रा फास्ट बलर हुन्। यसअघिका ५ सय विकेट लिने फास्ट बलरमा अष्ट्रेलियाका ग्लेन म्याग्राथ र वेष्ट इन्डिजका कर्टे वाल्स छन्।

टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने रेकर्ड भने श्रीलंकाकाे मुथैया मुरलीधरनको नाममा छ। उनले ८ सय विकेट लिएका छन्। यस्तै दोस्रोमा रहेका अष्ट्रेलियामा शेन वार्नले ७०८ र भारतका अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell