PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शशांकले भने– प्रतिनिधि र प्रदेश सभा निर्वाचनामा बहुमत दिलाउन लाग्नुस्



रासस

शशांकले भने– प्रतिनिधि र प्रदेश सभा निर्वाचनामा बहुमत दिलाउन लाग्नुस्

पोखरा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपीको विचारलाई आत्मसात् गर्दै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्न कार्यकर्ता अग्रसर हुनुपर्ने बताए। 

एक सय ३ औं बिपी जयन्तीका अवसरमा कांग्रेस पोखरा–लेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजना गरेको कार्यक्रममा कोइरालाले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्री कालदेखि नै नेपालमा विकास निर्माणको थालनी भएको बताए।

कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell