
काठमाडौं : उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री महराले विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै महराले एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौं रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताए।
उनले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको अवगत गराउँदै ओबोर नेपाल अतिकमविकसित मुलुकबाट विकसित मुलुकका स्तरोन्नति हुन सहयोग पुग्ने बताए।
नेपालका विविध क्षेत्रमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चीन पहिलो जनाउँदै उहाँले सञ्चार, पर्यटन, पारवहन, सडक र रेलसम्ममा चिनियाँ लगानी आकर्षित गर्न विगतमा भएका समझदारी पूरा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री महरा र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओबीच दुई देशका जनतादेखि जनतासम्मको सम्पर्कको प्रवद्र्धन र आपसी हितका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ। रासस