PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

इर्मा आँधीको आतंकः फ्लोरिडावासीलाई घर छोड्न तयार रहन गभर्नरको आग्रह



रासस

इर्मा आँधीको आतंकः फ्लोरिडावासीलाई घर छोड्न तयार रहन गभर्नरको आग्रह
फोटो श्रोतः news.com.au

फ्लोरिडा :  संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने यहाँका गभर्नरले चेतावनी दिएका छन्। 

फ्लोरिडाका गभर्नर रिक स्कटले र राज्यका सम्पूर्ण जनतालाई आँधीबारे सचेत बनाउँदै इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकाले घरहरू खाली गर्न तयार रहन आग्रह गरे।

उनले भने,‘ घर तथा वस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ। यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईको घर बनाइदिन सक्छौँ तर तपाईको पुनर्जीवन दिन सक्दैनौ। त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार बन्नुस।’ 

फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट सुरु भएको आँधीका कारण फ्रान्सलगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell