
दोहाः कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गरेका छन्।
देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने उनको भनाइ रहेको कतारी सरकारी समाचार संस्थाले जनाएको छ।
कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा खाडी समस्याको पछिल्लो अवस्थाका बारेमा छलफल भएको जनाइएको छ।
उनीहरु दुवै जनाले क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि पनि सरोकारवालालाई राखेर कुटनीतिक तवरबाट समाधान निकाल्नु पर्नेमा जोड दिएका थिए।
कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताएका थिए।
उनीहरु बीचमा विभिन्न क्षेत्रमा दुई देशको राणनीतिक साझेदारीलाई कसरी अझ बलियो र फराकिलो बनाउने भन्ने बारेमा पनि छलफल भएको छ ।
खाडी राष्ट्रहरूमा देखिएको विवाद सममाधान गर्न भन्दै कुवेतले गत जुन पाँचदेखि मध्यस्थकर्ताको रूपमा प्रयास गरिरहेको छ।
साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएइ), बहराईन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन्। उनीहरूले जमिन, समुद्र र हवाइ सम्पर्कसमेत बन्द गरेका छन्।
कतारले आतङकवादीहरूलाई सहयोग गरेको भन्दै ती देशहरूले कतारसँगको सम्वन्ध विच्छेद गरेका हुन्। रासस/सिन्ह्वा