PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दुई गैँडा जुध्दा भाले यसरी मर्‍यो, हेर्नुस् फोटो 



राजेन्द्र आचार्य

दुई गैँडा जुध्दा भाले यसरी मर्‍यो, हेर्नुस् फोटो 

चितवन :  पूर्वी चितवनको डुग्रे र इचर्नी खोलाको दोभानमा एक वयस्क गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जक पूर्वी सेक्टरमा पर्ने कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वनको बीचको खोलामा दुई गैँडा जुध्दा भाले गैँडा ढलेको रुखको चेपुवा परेर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठकले जानकारी दिए।

मृत गैँडालाई निकालेर पोस्टमार्टम गरी गाडिएको र खाग र खुर निकुञ्जमा सुरक्षित राखेको उनले बताए।

आज दिउँसो गैँडा जुधेको देखेपछि स्थानीयले निकुञ्जलाई खबर गरेका थिए। यसअघि कुमरोज वनमा नै दुई महिनाअघि सुत्केरी भएकी गैँडाको दुई महिने बच्चा गत असारमा खोला तर्ने क्रममा गोहीको आक्रमणबाट मरेको थियो। 

निकुञ्जमा यसै अर्थिक वर्षमा मात्रै एक चोरी शिकारी, एक करेन्ट, दुई जुधेरसहित २४ वटा गैँडा मरेको उनले बताए। निकुञ्जका पछिल्लो समयमा गरिएको गणना अनुसार ६ सय ५ वटा गैँडा रहेका छन्। 











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell