
बेइजिङ : चीनमा मन्दारिन भाषा बोल्नेहरूको संख्या बढेर झण्डै ७३ प्रतिशत पुगेको छ।
सन् २००० मा ५३ प्रतिशत रहेकोमा अहिले बढेर ७३ प्रतिशत पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयअन्तर्गतको भाषा प्रकाशन र सूचना व्यवस्थापन विभागका प्रमुख ताइन लिक्षिनले साक्षरमध्ये ९५ प्रतिशत जनताले स्तरीय चिनियाँ अक्षरहरू प्रयोग गर्न सक्ने बताए।
अन्तर्राष्ट्रिय भाषाको रूपमा चिनियाँ भाषाको महत्व बढ्दै गइरहेको र विश्वमा चिनियाँ भाषा सिक्नेहरूको संख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए।
आउँदो हप्ता चीनमा २०औं मान्दारिन प्रवद्र्धन सप्ताह भएकाले चिनियाँ भाषामा गीत गाउँने, भाषा रुपान्तरण गर्नेलगायतका विभिन्न कार्यक्रमहरू गरिनेछ।
चीनले लामो समयदेखि मान्दारिन भाषाको गुणस्तरीय प्रवद्र्धनका लागि जोड दिँदै आएको छ। आदिवासी जनजाति र ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरूलाई औपचारिक भाषा सिक्नका लागि प्रेरित पनि गर्ने गरेको छ। रासस/सिन्ह्वा