PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

महतले भने–लाेभ लालचमा ध्यान दिँदा कांग्रेस पछि पर्‍यो



रासस

महतले भने–लाेभ लालचमा ध्यान दिँदा कांग्रेस पछि पर्‍यो

भक्तपुर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्ताका सबैकाे लाेभलालचमा बढी ध्यान दिँदा नेपाली कांग्रेस पछाडि परेको बताएका छन्। 

नेपाली कांग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले बिपी कोइरालाको १०४ औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेता महतले सत्तामा बढी  ध्यान दिँदा पार्टी पछि परेको बताए। 

महतले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै कांग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए फेरि पनि कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell