PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

माछा मार्ने क्रममा करेण्ट लागेर लमजुङमा एक जनाको मृत्यु



रासस

माछा मार्ने क्रममा करेण्ट लागेर लमजुङमा एक जनाको मृत्यु

लमजुङ :  लमजुडको मध्यनेपाल नगरपालिकामा माछा मार्ने क्रममा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ। 

करेण्ट लागेर मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटेको मृत्यु भएको हो। मिदिम खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर उनको मृत्यु भएको हो । 

ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि उनलाई करेण्ट लागेको थियो। करेण्ट लागेर गम्भीर घाइते भएका बोटेकाे उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell