PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्



आकाश क्षेत्री

राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्

काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ६ प्रदेशमा संयोजक चयन गरेको छ। 

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरका संयोजक र सहसंयोजक चयन गरेको हो। 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर दल दर्ता भएसँगै राप्रपा (प्रजातान्त्रिक)ले देशैभर पार्टीको संगठन विस्तारको काममा लागेको छ। 

राप्रपा (प्रजातान्त्रिक) का प्रदेशस्तरका संयोजक र सहसंयोजक

प्रदेश नं.१

संयोजक – सुनिलबहादुर थापा

सहसंयोजक – सगुनसुन्दर लावती
सहसंयोजक – राजेन्द्र गुरुङ

प्रदेश नं. ३

संयोजक – विक्रम पाण्डे
सहसंयोजक – राजाराम श्रेष्ठ

प्रदेश नं. ४

संयोजक – दुर्गा श्रेष्ठ
सहसंयोजक – जगतप्रसाद गौचन

प्रदेश नं. ५

संयोजक – दीपक बोहरा
सहसंयोजक – ध्रुवबहादुर प्रधान

प्रदेश नं. ६ 

संयोजक – दीपबहादुर शाही
संयोजक – कर्णबहादुर बुढा

प्रदेश नं. ७
 

संयोजक – धर्मराज जोशी
सहसंयोजक – पुष्करदत्त भट्ट
सहसंयोजक – अरुण चन्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell