PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी



रासस

गौशाला : महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्। 

जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका हुन्। 

चुनावी चहलपहलसँगै कुनै पार्टीले उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने चाहना भएपछि ७७ हजारमा भैँसी बेचेर जलेश्वर नगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए। 

बाढीले घर भत्केको र त्यही घरमा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा नेताले नसुनेपछि प्रमुख पदमा लड्ने चाहना पलाएको बताए। 

उनका छिमेकीले चुनावका लागि गाउँमा पाँच-पाँच किलो दरले चामल सहयोग दिएकाले कार्यकर्तालार्इ भोजभतेर पनि गरिरहेका छन्। 

अन्सारीले ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले मत दिने वचन दिएकाले जित्ने विश्वाससमेत गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell